कनकाईमा १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट शुरु

झापा एक्सप्रेस , २३१९३  पटक हेरिएको

सुरुङ्गा-झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट शुरु भएको छ ।

कनकाई नगर खेलकूद विकास समिति र शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा फागुन ९ देखि ११ गतेसम्म हुने जिल्ला स्तरीय खेल प्रतियोगिताका लागि आज सोमबारबाट खेलाडी छनौट सुरु गरिएको हो ।

खेलाडी छनोट माघ २६ गते सम्पन्न हुने कनकाई नगर खेलकूद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले बताए समितिका अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

यदुका उप्रेती(उषा ) ले संचालन गरेको कार्यक्रममा समितिका सदस्य गोबिन्द उप्रेतीले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई वडा नं. ३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई माबिका सहायक प्रअ चन्द्र शिवाकोटीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : १९:४२:२१ , १ वर्ष अगाडि