संगठित बन्दै झापाका घिमिरे बन्धु

झापा एक्सप्रेस , १९२९१  पटक हेरिएको

बिर्तामोड । घिमिरे बन्धु कल्याण परिषद झापाले जिल्लामा स्थाई बसोबास रहेका घिमिरे बन्धुहरुलाई संगठित गर्ने भएको छ । परिषदको सातौं साधारणसभा बाट गठित कार्यसमितिको शुक्रबार बिर्तामोडमा बसेको बैठकले जिल्लाका सबै पालिकाहरु समेटेर जिल्ला समितीलाई पूर्णता दिने र सबै पालिकाहरुमा पालिकास्तरीय समिति गठन गर्ने गरि तयारी गर्ने निर्णय गरेको हो ।

यस्तै साधारणसभाको निर्णय बमोजिम पहिलो चरणमा घिमिरेहरुको तथ्यांक संकलन समेत गर्ने निर्णय गरेको छ ।यस्तै परिषदको कार्यसमितिमा गौरादहबाट सृजन घिमिरे र शिवसताक्षीबाट पुन्य प्रसाद घिमिरे थपिएका छन ।

यस अघि गत माघ १६ गते भद्रपुरमा भएको सातौं साधारणसभाले परिषदको अध्यक्षमा बुद्धि घिमिरेलाई चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा काशीनाथ घिमिरे,उपाध्यक्षहरु पण्डित मोहन घिमिरे र लक्ष्मी घिमिरे चयन हुनुभएको छ । परिषदको महासचिवमा नवीन घिमिरे, सचिव राजन घिमिरे, सह सचिव खगेन्द्र प्रसाद घिमिरे र कोसाध्यक्ष काजी घिमिरे रहनुभएको छ । सबैपालिकाहरुबस्ट प्रतिनिधित्व हुनेगरी समितिले छिट्टै पूर्णता पाउने परिषदका अध्यक्ष बुद्धि घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : ०८:२४:२५ , २ वर्ष अगाडि