ठगी गर्दै हिडेको आरोपमा सिकारीबस्तीका एक भारतिय पक्राउ

झापा एक्सप्रेस , २४३४१  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-३ स्थित कामाटोली बजारबाट ठगी गर्दै हिडेको आरोपमा एक भारतिय पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत किसनगंज स्थित सिकारीबस्तीका ४० वर्षीय कुदुम अन्सारी रहेको प्रहरीले जनाएको छ।

लुटेरा समूहमा आवद्द रहेको आसंकामा स्थानीयहरुले अन्सारीलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् ।कामाटोलीमा एक जनालाई बेहोस बनाएर ठगेर खाजा खाने क्रममा रहेका उनलाई सिसीटिभी क्यामराको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीयको भनाई छ।

अन्दाजी साँझ ५ बजे भएको घटनाक्रममा अन्सारीको साथबाट राम,लक्ष्मण र सिताको चित्र अंकित तामाको पैसा १ थान र BR 37A 8473 नम्बरको मोटरसाईकल समेतलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०२-०१ , समय : १८:५८:१० , १ वर्ष अगाडि