सुरुङ्गा जेसीजको १४ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान

झापा एक्सप्रेस , ९८७१  पटक हेरिएको

कनकाई-सुरुङ्गा जेसीजको १४ अौं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेसीज सभाहल सुरुङ्गामा शनिबार एक कार्यक्रम गरि पद हस्तान्तरण तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सुरुङ्गा जेसीजको गत पौष २८ गते सम्पन १५ औं साधारण सभाबाट युवा व्यवसायी , समाजसेवी , विभिन्न संघसंस्थाको नेतृत्वमा रहि सफल कार्यकाल सम्पन्न गर्नुभएका उर्जाशिल युवा प्रविन तिम्सिनाको नेतृत्वमा सर्वसम्मत चयन भएको बर्ष २०२३ को कार्य समितिलाई पद हस्तान्तरण गरिएको हो । नव निर्वाचित अध्यक्ष तिम्सिनालाई सुरुङ्गा जेसिजका पुर्व अध्यक्षहरुवाट जेसीज चेन हस्तान्तरण गर्दै जिम्मेवार सुम्पिएको हो ।

त्यस्तै कार्यक्रममा पुर्व अध्यक्षहरुवाट बर्ष २०२२ को अध्यक्ष शुस्मा न्यौपानेलाई निवर्तमान अध्यक्षको ब्याच हस्तान्तरण गरिएको थियो भने जेसी उषा उप्रेतीलाई भुतपुर्व अध्यक्ष क्लबको पिन हस्तान्तरण गरिएको थीयो ।

कार्यक्रममा नयाँ कार्य समिति चयनकालागी तय भएको निर्वाचन समितको अधिकृत उषा उप्रेतीले नयाँ कार्य समितका
पदाधिकारीको नाम घोषणा गर्दै नव निर्वाचित अध्यक्ष तिम्सिनालाई सपथ ग्रहण गराउनु भयो भने अाफ्नो नेतृत्वको समितिलाई अध्यक्ष तिम्सिनाले सपथ ग्रहण गराउनु भयो ।

तिम्सिनाको नेतृत्वमा बनेको समितिको कार्यकारी उपाध्यक्षमा ऋषव सिंह चाहार र जेसी किशोर दाहाल , उपाध्यक्षहरु जेसी पूर्ण श्रेष्ठ , जेसी सपना गिरी , जेसी निर्मला खड्का र जेसी दिपेश तिवारी , महासचिवमा जेसी दिपेन्द्र प्रधान ,सचिव जेसी विवेक शिवाकोटी र कोषाध्यक्षमा जेसी मेनुका उप्रेती रहनु भएको छ ।

जनसम्पर्क अधिकारीमा जेसी सुजता सिटौला अोली , तालिम संयोजक जेसी मुक्ता कार्की , खेलकुद संयोजक जेसी भिम राजवंशी , सप्ताहा संयोजक जेसी रोहित कोइराला व्यापार संयोजक , जेसी प्रतापबाबु जम्मरकट्टेल , शिक्षा संयोजक , जेसी प्रफुल्ल पोखरेल , संघसंस्था संयोजक , जेसी विमान लामा , वातावरण संयोजक , जेसी कोमल न्यौपाने रहनु भएको छ ।

कानुनी सल्लाहकारमा जेसी दुर्गा प्रसाद पाठक लाई अध्यक्ष तिम्सिनाले मनोनित गरेका छन भने अध्यक्ष सल्लाहकारमा जेसी शिव कु. कडेल , जेसी सरला दाहाल पोखरेल र जेसी सोम उप्रेती लाई मनोनित गरेका छन । तेस्तै अध्यक्ष सहयोगीमा जेसी के. पी. लुइँटेल , जेसी राज कु. कट्टेल र जेसी टिकाराम भण्डारीलाई तिम्सिनाले मनोनीत गरेका छन ।

जेसीजले उत्कृष्ट नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै यस बर्ष सामाजिक , अार्थिक र पारिवारिक रुपमा प्रगाडीत भएका हरुलाई अाश्रय दिदै अाउनु भएकी बिर्तामोड १ निवासी समाज सेवी , अधिवक्ता कोपिला खड्का बस्नेतलाई बर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको छ । सम्मानित नागरिकको परिचय पुर्व अध्यक्ष जेसी कुमारमणी पोखरेलले गराउनु भएको थिय‍ो भने सम्मान पत्र वाचन पुर्व अध्यक्ष शिव कडेलले गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्व वस्नेतले अनुभूति मन्त्वय राख्दै यति ठूलो सम्मान दिएकोमा सुरुङ्गा जेसीजलाई धन्यवाद दिदै यो सम्मानले कार्यमा थप उर्जा मिलेको र अाफ्नो काधमा जिम्मेवारी थपिएको बताउनु भयो ।

कार्यक्रममा अध्यक्षको अन्तिम मन्तव्य राख्दै जेसीजको १ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन गर्न अहोरात्र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै सुरुङ्गा जेसीज वर्ष २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले जेसीज अफ द इयर अवार्ड वाट जेसी दुर्गा प्रसाद पाठक , बर्ष उत्कृष्ट संयोजक ऋषव सिंह चाहार , हरेक कार्यक्रममा सहभागी हुने पुर्ण श्रेष्ठ र सबैभन्दा बढी बैठकमा उपस्थित रहनुहुने मेनुका उप्रेतीलाई विधागत अवार्ड प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रदेश १ का मुख्य मन्त्री माननीय हिक्मत कार्कीले युवाजगतमा लागू अौषध दुर्व्यसनले बिकराल रुप लिदै गएकोमा चिन्ता क्यक्त गर्दै जेसीजले यसको रोकथाममा अग्रणी भुमिका निर्वाह गर्न सक्ने बताएउनु भयो । कार्कीले प्रदेश सरकार संग जेसीजले सहकार्य गरेर यश कार्यमा अगाडि बढ्न अनुरोध गर्नु भयो साथै युवा लक्षीत कार्यक्रम लिएर अाए प्रदेश सरकार सधै सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

विशिष्ट अतिथि संघिय संसद एलपि साँवा लिम्बू , जेसीज राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार , प्रदेश १ का पुर्व कृषि मन्त्री हिरा कुमार थापा , कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिला प्रसाद चिमरीया , पुर्व अध्यक्ष सरला दाहाल पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा जिसीजका राष्ट्रिय उपाध्यक्ष कुमार सिंह साँवा , स्वस्तिका अाचार्य , माईनगर पालिका ईलामका मेयर खम्बा सिंह लिम्बू , कनकाई नगर उप प्रमुख अाशा शर्मा शिवाकोटी , कनकाई नगरका जनप्रतिनिधिहरु , सम्मानित ब्यक्तित्वहरु , पुर्व अध्यक्षहरु , शाखा अध्यक्षहरु , संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु , राजनिती दलका प्रतिनिधिहरु , जग्गा दाता , मानार्थ सदस्य लगायतको अातिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक जेसी राजकुमार कट्टेलले स्वागत गर्नुभएको कार्यक्रममा जेसी पुर्ण श्रेष्ठको मिसन भिजन रहेको थियो भने अास्था वाचन जेसी सारिका गिरिले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : ०७:३४:३७ , १ वर्ष अगाडि