झापा एक्सप्रेस , ४७४९२ पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यहरुले “पेन डाउन” फिर्ता लिएका छन् ।
वडाका ४ जना वडासदस्यहरु बसी वडाध्यक्षले मनपरी ,सरसल्लाह नगरी एकलौटी निर्णय गरेर वडाका काम गरेको भन्दै गत पुस १२ गते देखि पेन डाउन(कलम बन्द गर्ने) निर्णय गरेका थिए।आफ्नै निर्णयलाई उल्टाउदै आज बुधबार वडाध्यक्ष सखिचन्द्र ठाकुरको अध्यक्षतामा बसेको भेलाले कलम बन्दको निर्णय फिर्ता लिएको हो।
वडाध्यक्ष सहित वडासदस्यहरु बालकृष्ण सिटौला,प्रेमप्रसाद गणेश,तुलसा कार्की,सरिता कामी र वडा सचिव रामजी अधिकारी लगायतको भेलाले अब आइन्दा वडाका गतिविधि,विकास निर्माणका काममा वडाध्यक्ष एक्लैले कसैसँग परामर्स,सरसल्लाह नलिइ एकलौटी ढंगबाट काम नगर्ने भनेपछी पेन डाउन निर्णय फिर्ता लिएको वडा सदस्य बालकृष्ण सिटौलाले बताए।
वडाध्यक्ष सँग आपसी संबाद भयो,उहाँले अब आइन्दा एकलौटी निर्णय नगर्ने भनेपछी हामीले पेन डाउन निर्णय फिर्ता लिएका हौ सिटौलाले भने।
प्रकाशित मिति: २०२३-०१-१८ , समय : १६:००:१४ , २ वर्ष अगाडि