झापा एक्सप्रेस , १४४२७ पटक हेरिएको
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको हो ।
चार महिना अघि मेचीनगर सम्हाल्न काठमाडौंबाट झापा आएका प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले नगरपालिकाको काममा सहयोग नगर्दा आम नगरबासीले दुख पाएको जनगुनासाहरु दिनप्रतिदिन बढ्न थालसंगै नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई बारम्बर सचेत गराउँदा समेत नसच्चिए पछि उनलाई मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेको नगरका एक कार्यपालिका सदस्यले जानकारी दिए ।
नगर सभाले स्वीकृत गरेको बार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यन्वयनका गर्ने सम्बन्धमा कार्यपालिकाले गरेको निर्णयहरु कार्यन्वयन गर्ने बिषयमा जटिलता सृर्जना गरी अवरोध गर्ने, निर्वाचित जनप्रतिनिधिहरुका निर्णय लत्याउने र गलत नियत राखी कार्यालय सञ्चालन गर्ने अभ्यासको थालनी, कार्यापालिकाको निर्णय बमोजिम भुक्तानी नगर्ने, निर्णय गर्नुपर्ने बिषयमा लामो समयसम्म रोकेर आम नगरबासीमा संस्थाप्रती बितृष्णा जगाउने खालका क्रियाकलाप गरेको आरोप लगाएको छ ।
कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संसोधन सहित) दफा ७६(३) बमोजिम कारोबारको लेखाको चौमासिक प्रगति प्रतिबेदन कार्यापालिका बैठकमा पेश नगरेको र कर्मचारी आचारण विपरितका कार्यमा स्वयम् कार्यालय प्रमुख नै संलग्न हुने गरको पाईए पछि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संसोधन सहित) को परिच्छेद १० दफा ७३(१) बमोजिम नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई बजेटको खर्च गर्न दिएको खर्च गर्ने अख्तियारी अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने र २०७९÷०५÷१६ को निर्णयबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा मेचीनगर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृतका रुपमा मेचीनगर आएका चम्लागाईलाई मन्त्रालय नै काज फिर्ता गर्ने निर्णय गरेको छ । साथै बैठकले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइदिन अनुरोध गर्ने निर्णय गरिएको नगरपालिका स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०१-०३ , समय : २१:५९:२३ , २ वर्ष अगाडि