कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

झापा एक्सप्रेस , १४०३०  पटक हेरिएको

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । थापाले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।

कुल २९ जना मतदाता रहेकोमा उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत र अर्का उम्मेदवार अमृत अर्यालले २ मत ल्याएका छन् । झापा बिर्तामोड घर भएका थापा काँग्रेस प्रदेश १ का सभापति पनि हुन् । उनी कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : १८:२२:१९ , २ वर्ष अगाडि

error: Content is protected !!