केरौन डेरीले गाई/भैँसीको सुत्केरी भत्ता दिने

झापा एक्सप्रेस , १५७७५  पटक हेरिएको

शरणामती।झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाई/भैँसीलाई एक हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । झापाको झापा गाउँपालिका वडा नम्बर ६ मा सञ्चालित केरौन पुर्वाञ्चल बहुउद्देश्यीय डेरी उधोग प्रालिले किसानलाई प्रोत्साहन स्वरुप गाई/भैँसीको सुत्केरी भत्ता दिने भएको छ।

उधोगले पहिलो सभा अधिवेशनद्वारा पारित नीति तथा कार्यक्रमको बुँदा नम्बर ४ बमोजिम गाई/भैंसी पालक कृषकलाई प्रोत्साहन स्वरुप एक/एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको संस्थापक अध्यक्ष अनिस न्यौपानेले बताए।´यो कार्यक्रम मंशीर २९ गते देखि लागू गरिएको हो,३ वर्ष सम्म सम्म चल्छ उनले भने।

गाई/भैँसीको सुत्केरी भत्ता लिन आउँदा गाई/भैंसी सुत्केरी हुनु भन्दा १५ दिन अघिको फोटो,नेपाली नागरिकताको प्रतिलिपी,गाई/भैंसी सुत्केरी भइसकेपछीको फोटो,डेरीको साधारण सदस्य परिचय पत्रको प्रतिलिपी र फारम भर्दा दस्तुर ३० रुपैयाँ लाग्ने व्यवस्थापक नरेन लिम्बुले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१२-२५ , समय : १८:१७:४१ , २ वर्ष अगाडि