प्याव्सन झापा गाउँपालिकाले सम्पन्न गर्यो सांस्कृतिक कार्यक्रम

झापा एक्सप्रेस , १९६२८४  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(PABSON) ले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

झापा-७ मदरगाछ स्थित साउथ होराइजन अंग्रेजी माद्यमिक विद्यालयमा सम्पन्न भएको गायन तथा नृत्य कार्यक्रममा प्याव्सन झापा गाउँपालिकाका अध्यक्ष नारायण सुवेदीको अध्यक्षता र झापा -७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो।

गणेश सुवेदी र सुनिल ढुङगानाद्वयले संचालन गरेको कार्यक्रममा यहाँ स्थित जय पाथिभरा अंग्रेजी माद्यमिक विद्यालय,चन्द्रज्योती अंग्रेजी माद्यमिक विद्यालय र साउथ होराइजन अंग्रेजी माद्यमिक विद्यालय गरेर तीन निजी विद्यालयले भाग लिएका थिए।विद्यालयका विद्यार्थीहरुले गायन र नृत्यकला प्रस्तुत गर्दै प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा विधार्थीहरुका कला प्रस्तुत गर्दै उनीहरुको क्षमता विकास प्याव्सनले पुर्याएको योगदानको वक्ताहरुले चर्चा गरेका थिए।

प्रकाशित मिति: २०२२-१२-११ , समय : १८:२४:४४ , १ वर्ष अगाडि