बाह्रदशी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास

झापा एक्सप्रेस , २७८०६  पटक हेरिएको

बाह्रदशी गाँउपालिकाको प्रशासकीय भवन शिलन्यास भएको छ । ६ करोड १३ लाख ६१ हजार ८२ रुपैयाँ ८ पैसामा इलामको भगवती नेपाल पुर्वाधार जे.बी लाई ठेक्का दिइएको बाह्रदशी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिनुभयो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, योजना तथा अनुगमन शाखाको ६० प्रतिशत र बाह्रदशी गाँउपालिकाको ४० प्रतिशत लागतमा सुविधा सम्पन्न भवन ठेक्का लागि शिलन्यास भएको बाह्रदशी गाँउपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले बताउनु भयो ।

शिलन्यास कार्यक्रममा बाह्रदशी गाँउपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाँई, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी, इन्जिनियर नारायण खरेल, वडाध्यक्षहरु, बिर बहादुर सिंह राजवंशी, महताव आलम, टंकप्रसाद साह, भिम बाहुदर राजवंशी, टेक बहादुर सिंह राजवंशी, स्वस्थ्य साखा प्रमुख राम साह, शिक्षा शाखा प्रमुख ज्ञान बाहादुर पौड्याल, जिन्सी शाखा प्रमुख मिन बहादुर कार्की(राजन), जटाशंखर झा, कार्यपालिका सदस्यहरु पन्चानन् राजवंशी, मानबाहादुर राजवंशी, संञ्चारकर्मी र गाँउपालिका कर्मचारी र स्थानियको उपस्थिरहेको थियो ।

तिन तले भवन ४० कोठाको रहने छ । १२३ फुट लम्बाई र ४० फुट चौडाई हुनेछ । बाह्रदशी प्रशासकीय भवन सम्झौता भएको मितिले २ बर्ष भित्र निर्माण सम्पन्न गरिसकने भगवती नेपाल पूर्वाधार जे.बी. का प्रोपाईटर टेक बहादुर श्रेष्ठले बताउनु भयो । २०७९ साल कार्तीक २७ गते सम्झौता भएरको भवनको सम्पन्न मिति २०८१ कार्तीक २७ गते रहेको छ ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : २०:४७:०० , १ वर्ष अगाडि