राजेन्द्र लिङदेनद्वारा एकैदिन तीन पुलको शिलान्यास

झापा एक्सप्रेस , ३१९८३  पटक हेरिएको

झापा क्षेत्र नं. ३ वाट नव निर्वाचित सांसद राजेन्द्र लिङ्देनले वुधवार एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ ।
राप्रपा अध्यक्ष समेत रहेका लिङ्देनले हल्दीवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गर्नुभएको हो ।
४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रुपैयाँमा ३ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको सारा सृष्टि निर्माण सेवा प्रा.लि. ले २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
जस अन्तरर्गत वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा नं. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल लिङदेनले शिल्यान्यास गर्नुभएको हो ।
गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने कुरामा ढुक्क हुन पालिका अध्यक्ष रविन्द्र लिङ्देनले आश्वासन दिनुभएको छ ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं. ३ (ख) का नव निर्वाचित संसद छवि चुडालको लगायातको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२२-११-३० , समय : २१:१५:१९ , २ वर्ष अगाडि