भानुभक्तमा ४ वर्ष देखि छात्रवृत्ति वितरण भएन,झण्डै एक लाख रकम विद्यार्थीले पाएनन्

झापा एक्सप्रेस , ३७१६३  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-३ स्थित भानुभक्त आधारभुत विद्यालयमा विगत चार वर्ष देखि छात्रवृत्ति वितरण नभएको पाइएको छ।

वर्सेनि नेपाल सरकारबाट प्राप्त हुने छात्रवृत्ति चार वर्षदेखि वितरण नहुँदा विद्यार्थीहरुले पाउने सेवासुविधाबाटै विद्यार्थीहरु वन्चित भएका छन् ।नेपाल सरकारबाट बर्सेनि खुल्ला छात्रा,दलित छात्रछात्रालाई ४००/४०० रुपैयाँ,सिमान्तकृत छात्रछात्रालाई ५०० रुपैयाँ र अपाङ छात्रछात्रालाई वार्षिक ३००० रुपैयाँ आउने गर्दछ।

कक्षा ६ सम्म पढाइ हुने यस विद्यालयमा खुल्ला तर्फ ४९ जना छात्रा अध्ययनरत छन् ।१० जना सिमान्तकृत समुदायबाट अध्ययनरत रहेका छन् ।यस विद्यालयमा दलित र अपाङ्ग भने रहेका छैनन् ।यसरी खुल्ला ४९ जना छात्राले बर्सेनि पाउने कुल १९,६०० रुपैयाँ र सिमान्तकृत विद्यार्थीले पाउने वर्षको ५ हजार रुपैयाँबाट विधार्थीहरु वञ्चित भएका हुन् ।विद्यालयले विगत ४ वर्ष देखि छात्रवृत्ति नबाड्दा विद्यार्थीहरुले पाउने कुल ९८ हजार ४०० रुपैयाँको छात्रवृत्तिबाटै उनीहरु बञ्चित हुन पुगेका छ्न।

यता छात्रवृत्ति प्रकृयाको बारे अर्का विद्यालयका एक प्रधानाध्यापक सँग बुझ्दा बर्सेनि विद्यालयले विद्यार्थीको विवरण पठाउने र त्यही अनुरुपको रकम नेपाल सरकारबाट आउने बताए।४०० र ५०० को दरले बर्सेनि आउँछ,त्यही अनुरुप विद्यार्थीहरुको भरपाईमा सहिछाप लगाएर हामी बर्सेनि वितरण गर्छौ ‘उनले भने।

प्रकाशित मिति: २०२२-११-२८ , समय : १४:११:४५ , १ वर्ष अगाडि