झापा गाउँपालिकामा खस्यो १६ हजार ६ सय ३३ मत,कुल मतदाताको ६९.३५ % झर्यो मत

झापा एक्सप्रेस , २८९९२  पटक हेरिएको

शरणामती –झापा गाउँपालिकामा २३,९८५ कुल मतदाता रहेकोमा १६ हजार ६ सय ३३ मत खसेको छ .आज आइतबार भएको प्रतिनिधी सभा र प्रदेश सभाको मतदान कार्यक्रममा उक्त मत खसेको हो.

८ हजार २ सय ४४ जना पुरुष र ८ हजार ३ सय ८९ जना महिला मतदाताले मतदान गरेका छन् .झापा गाउँपालिकामा रहेका १६ मतदान स्थलहरुबाट कुल ६९.३५% मत झरेको बताइएको छ .

प्रकाशित मिति: २०२२-११-२० , समय : १९:११:०४ , १ वर्ष अगाडि