झापा एक्सप्रेस , १६८०२ पटक हेरिएको
कनकाई-नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार र चुनावी गठबन्धनलाई निति, गन्तव्य र जो जहाँ पुग्यो त्यहिको नाम मात्रैको गठबन्धन भएको टिप्पणी गर्नुभएको छ ।
बिहिवार झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा भएका दलहरुले गठबन्धन गरेर चुनावमा भाग लिइरहेको भन्दै गठबन्धनले निर्वाचनपछि सबै दलहरुले आ-आफ्ना निति तथा घोषणापत्र कार्यक्रमहरु लिएर जनताको विचमा गईरहेकोले चुनावपछि कुन दलको घोषणापत्र लागु गर्ने भन्दै गठबन्धनका दलले आआफ्ना घोषणापत्रहरु कुनैपनि लागु गर्न नसक्ने बताउँनुभयो । ओलीले एउटा सरकार बनाउने र दशवटाको घोषणापत्र लागु गर्न सम्भव नहुने बताउनुभयो ।
ओलीले हालको गठबन्धनको औचित्य देश बनाउँन भन्दा देश विर्गान बनिएको भन्दै गठबन्धन दलसँग देश वनाउने कुनै एजेण्डा वाँकी नरहेकोले आफुले सार्वजनिक वहस गरौ भन्दा कसैले नमानेको ओलीको भनाई थियो ।
हालको सरकारले योजना र विकास बजेट काटेको भन्दै आफ्नो पालामा देखिनेगरिका सयौ कामहरु गरेको तर गठबन्धन दलले देखिनेगरिको कुनै काम नगरेको ओलीको दावी थियो । देशमा वहुदल आएपछिको ३१ बर्षमा कांग्रेस सरकारमा २१ बर्ष सरकारको नेतृत्व गर्दा एउटै देखिने खालको काम नगरेको बताउँनुभयो । कांग्रेसले यस अवधिमा गरेको भनेकै अदालतमा सेटिङ्ग गरेर सरकार ढाल्ने मात्रै काम गरेको आरोप लगाउँनुभयो ।
जनतामा जान सकिदैन थियो सेटिङ गरेर सरकार ढालिदियो वाकी काम सिन्को भाचेन ओलीको भनाई थियो । कांग्रेसका ५ सय कार्यकर्तालाई माओवादीले मारेको भन्दै अहिले माओवादीलाई काधमा बोकेर हिडिरहेको र माओवादीका नेताको समेत देउवाले टाउकोको मोल तोकीदिएको भन्दै अहिले दुबैजना अहिले एमालेका विरुद्ध नक्कली मित लगाएर गठबन्धन गरेको बताउँनुभयो । गठबन्धनलाई एमाले एक्लैले ठेगान लगाउन सक्ने भन्दै सबैसग एक्लाएक्लै लडने भीडने तागत एमालेमा रहेको भन्दै गठबन्धन गरेपनि एमालेलाई झन सजिलो भएको भन्दै यसपटकको निर्वाचनमा जनताहरुले सबैलाई साइजमा ल्याइदिने बताउँनुभयो । ओलीले अब नेपाली कांग्रेस विना वैशाखी हिड्न नसक्ने भन्दै दुबै खुट्टामा ढोँड र सुन्टीको वैशाखी टेकेर हिडिरहेको भन्दै कांग्रेसले टेकेको दुवै बैशाखीहरु मंसिर ४ गते भाचिने बताउँनुभयो ।
चुनावी सभामा झापा क्षेत्र नम्बर ४ का एमाले राप्रपाका उम्मेद्धारहरु संघिय उम्मेद्धार लालप्रसाद साँबा , प्रदेशका उम्मेद्धार भक्ति सिटौलाले बोल्नुभएको थियो । यसैगरि एमाले झापाका अध्यक्ष दिपक कार्की र राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले समेत बोल्नुभएको थियो ।
SHARE.
प्रकाशित मिति: २०२२-११-११ , समय : १८:१९:०८ , २ वर्ष अगाडि