झापा एक्सप्रेस , १५१३९ पटक हेरिएको
शरणामती।झापा क्षेत्र नम्बर ४ “२” का प्रत्यक्ष तर्फका प्रदेश सभासदस्य उम्मेदवार केशब बजगाईँले कनकाई तथा विरिङ्ग नदीमा झोलुङ्गे पुलको निर्माणमा जोड दिने बताएका छन् ।उनले आफुले सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिवद्दता जनाएका हुन् ।
हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह “लौरो” लिएर झापा ४ को प्रदेश २ मा उम्मेदवारी दिएका बजगाईंले यहाँ नदिहरुको समस्या रहेकोले दिर्घकालिन आयोजना मार्फत नदि नियन्त्रण गर्नुका साथै झोलुङ्गे पुल निर्माणमा जोड दिने बताए।पाँच वर्षसम्म नामाकरण नभएको प्रदेश १ को नामाकरणमा गर्न सबैको सल्लाह सुझाव अनुसार यथेष्ट पहल गर्ने बजगाईंले घोषणापत्रमा लेखेका छन् ।उनले कृषि क्षेत्रको बजारीकरण,मलको समस्या समेत हल गर्ने बताए।यहाँका पुर्वाधार,कृषि,रोजगार,स्वास्थ्य,शिक्षा,खानेपानीका लागि आफुँले यथेष्ट पहल गर्ने बजगाईंले घोषणापत्रमा उल्लेख गरेका छन् ।
दक्षिणी भेगका नाकाहरु अत्यन्तै महत्वपुर्ण मानिने भएकोले छोटी भन्सारको व्यवस्था गर्न पहल गर्ने बजगाईंले घोषणापत्रमा उल्लेख गरेका छन् ।
बजगाईंले सार्वजनिक गरेको घोषणापत्र यस्तो छ।
प्रकाशित मिति: २०२२-११-०८ , समय : ०८:४५:४६ , २ वर्ष अगाडि