उपाधीका लागी दमकसँग आयोजकको भेट पक्का

झापा एक्सप्रेस , २२६०५  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकाको  आयोजनामा झापाको झापा गाउँपालिकामा शुक्रबार देखि जारी प्रदेश १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजकसंग दमकको भेट पक्का भएको छ।

झापा-६ को शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनल खेलमा झापाकै विर्तामोडलाई ३-१ को सेटमा हराँउदै दमकले अन्तिम दुइमा आफ्नो स्थान सुरक्षित गरेको हो।खेलमा म्यान अफ द म्याच दमकका पुकार तामाङ घोषित भए ।सेमीफाइनलबाट बाहिरिएको बिर्तामोडले १० हजार नगद पुरस्कार पाएको छ।

त्यस्तै आजै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजकले हतुवागढ़ी गाउँपालिका भोजपुरलाई ३-१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।खेलमा म्यान अफ द म्याच आयोजक टिमका रविन गौतम घोसित भए।सेमीफाइनलबाट बाहिरिएको हतुवागढ़ीले १० हजार नगद पुरस्कार पाएको छ।यो सँगै आयोजकले उपाधीका लागी दमक संगको भेट पक्का गरेको छ ।

भोली मंगलबार १ बजे दमक र आयोजक बीच उपाधीका लागि प्रतिष्पर्धा हुनेछ।

तेस्रो अध्यक्ष कपको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार नगद, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

प्रकाशित मिति: २०२२-११-०७ , समय : २०:२९:३७ , २ वर्ष अगाडि