दमक,विर्तामोड,हतुवागढ़ी र आयोजक सेमिफाइनलमा प्रवेश

झापा एक्सप्रेस , २६९४१  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा शुक्रबार देखि जारी प्रदेश १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा दमक,विर्तामोड,हतुवागढ़ी गाउँपालिका भोजपुर र आयोजक सेमिफाइनलमा प्रवेश गरेका छन्।

झापा-६ को शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भएको पहिलो खेलमा भद्रपुरलाई ३-२ को सेटमा हराँउदै बिर्तामोडले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।खेलमा म्यान अफ द म्याच बिर्तामोडका विमान खड्का घोषित भए।

त्यस्तै आजै भएको दोस्रो खेलमा हतुवागढीले त्रीयुगा नगरपालिका उदयपुरलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।खेलमा म्यान अफ द म्याच हतुवागढीका राजकुमार तामाङ्ग घोसित भए।

त्यस्तै तेस्रो खेलमा अरुण गाउँपालिका भोजपुरलाई ३-० को सोझो सेटमा हराउँदै दमक विजयी बनेको छ।खेलमा म्यान अफ द म्याच दमकका मुस्कान खुदुङ्ग लिम्बु घोषित भए ।

त्यस्तै चौथो खेलमा आयोजक झापा गाउँपालिकाले ३-० को सोझो सेटमा रामप्रसाद राई गापा भोजपुरलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।खेलका म्यान अफ द म्याच आयोजक टिमका रोहित सिवाकोटी घोषित भए।

यो संगै भोली सोमबार ४ टिम बीच सेमिफाइनल प्रतिष्पर्धा हुनेछ।आयोजक सँग हतुवागढ़ी भिड्नेछ भने दमक सँग विर्तामोड प्रतिष्पर्धा गर्नेछ।

तेस्रो अध्यक्ष कपको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार नगद, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

प्रकाशित मिति: २०२२-११-०६ , समय : २०:०८:५४ , २ वर्ष अगाडि