जनप्रतिनिधी मालिक होइन सेवक बन्नुपर्छ-युक्त भेट्वाल

झापा एक्सप्रेस , ११७२३  पटक हेरिएको

शरणामती।झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभासदस्यका उम्मेदवार युक्तप्रसाद भेट्वालले जनप्रतिनिधिको परिभाषा “मालिक” हुँदै आएकोमा त्यसलाई “सेवक”मा रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन् ।

हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह “लौरो” लिएर चुनावी मैदानमा उत्रेका भेट्वालले आफ्नो घोषणापत्रमा जनताको सेवक बन्दै राजनीतिलाई दक्ष र योग्य व्याक्तीले नियन्त्रणमा राख्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।उनले आफ्नै स्रोत र आफ्नै उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न,देशको सुरक्षा र राष्ट्रियताका विरुद्द हुने क्रियाकलापसँग लड्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

भेट्वालले घोषणापत्रमा २०४७ सालदेखि सरकारको सुविधा उपभोग गरेका सबै व्याक्तीहरुको सम्पत्ती छानबिन गर्न समेत पहल गर्ने उल्लेख गरेका छन् ।उनले घोषणापत्र मार्फत झापा क्षेत्र नम्बर ४ को कृषि,पुर्वाधार,तटबन्ध,शिक्षा,स्वास्थ लगायतका क्षेत्रमा आफ्नो अधिकतम उर्जा लगाउने प्रतिबद्दता समेत व्यक्त गरेका छन् ।

भेट्वालले घोषणापत्रमा दल पुनर्संरचना,राज्य पुनर्सरचनाको खाका प्रस्तुत गरेका छन् ।

भेट्वालको घोषणापत्र जस्ताकोतस्तै पढ्नुहोस।

8 Size GhosanaPatra 17

 

प्रकाशित मिति: २०२२-११-०६ , समय : १३:२८:२६ , २ वर्ष अगाडि

error: Content is protected !!