झापा ४ का लौरो चिन्हका उम्मेदवारले गरे घोषण पत्र सार्वजनिक

झापा एक्सप्रेस , १५८९३  पटक हेरिएको

कनकाई । झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्ना प्रतिबद्धता र क्षेत्र नं. ४ मा गर्नै पर्ने कामहरु समेटेका छन् । उनले घोषणा पत्रमा मेरो उम्मेदवारी किन ?, हामी कसरी काम गर्छौं ?, दल पुनर्संरचना, राज्य पुनर्संरचना, राष्ट्रिय आवश्यकता पहिचान, जैविक अधिकार, आर्थिक संरचना, सामाजिक संरचना, शासकीय स्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारी, विकास नीति, विदेश नीति लगायतका विषय समेटेका छन् ।

“व्यावहारिक शिक्षा र आधुनिक शिक्षा अहिलेको आवश्यकता हो”, उनले भने, “आधुनिक कृषि पनि जरुरी छ ।” विकास नीति पनि आफ्नै खालको हुनुपर्ने उनको भनाइ छ । मुलुकमा व्याप्त नीतिगत भ्रष्टाचार अन्त्य गर्न सके मात्र सुशासन र विकास सम्भव हुने उहाँको भनाइ छ ।

त्यस्तै, प्रदेश सभा ४ (२) का स्वतन्त्र उम्मेदवार केशव बजगाईंले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले जनताको सोच अनुरुप विकास हुन नसकेकाले देशभर स्वतन्त्रको लहर आएको बताउनुभयो ।
“स्थानीयसँगै प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्रको प्रतिनिधित्व हुन जरुरी छ”, उहाँले भन्नुभयो, “सरकार र सदनको नकारात्मकता हटाएर सकारात्मक कुरालाई अगाडि बढाउन जरुरी छ ।”

निर्वाचन परिचालन संयोजक शेरबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव बजगाईँले पनि आफ्ना प्रतिवद्धताहरू राखेका थिए ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : २०:१८:१८ , २ वर्ष अगाडि