झापा एक्सप्रेस , २२२८२ पटक हेरिएको
शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा हल्दिबारीलाई हराउँदै बोरडाँगी फाइनलमा प्रवेस गरेको छ।
जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा बुधबार भएको सेमीफाइन खेलमा ट्राइब्रेकरमा ४-२ को गोलान्तरले हल्दिबारीलाई हराउँदै बोरडाँगीले अन्तिम दुइमा आफ्नो स्थान सुरक्षित गरेको हो ।१-१ गोलको बराबरी भएपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो।
यो सँगै बोरडाँगीको फाइनलमा आयोजक टिम सँग भेट पक्का भएको छ।फाइनल खेल १२ गते हुने आयोजक समितिका अध्यक्ष राजन टुडुले बताए।
सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।
प्रकाशित मिति: २०२२-१०-२७ , समय : ०७:२५:२२ , २ वर्ष अगाडि