दुधेलाई ट्राईब्रेकरमा हराउँदै डाँगीबारी फुटबल क्लव विजयी

झापा एक्सप्रेस , १८७८२  पटक हेरिएको

डागीबारी फुटबल क्लब

शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा डाँगीबारी फुटबल क्लब बाह्रदशी विजयी बनेको छ।

सडकबारीमा रहेको क्लबको खेल मैदानमा बुधबार भएको खेलमा ट्राइब्रेकरमा ४-३ को गोलान्तरले दुधे फुटबल क्लब शिवसताक्षीलाई हराउँदै डाँगीबारीले जित सुनिश्चित गरेको हो। खेलको ११ औं मिनेटमा डाँगीबारीका रोशन राईले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।रोचक र घोचक प्रतिष्पर्धा भएको खेलमा दुबै तर्फबाट उत्तिक्कै प्रतिष्पर्धा भएको थियो।खेलको दोस्रो हाफको २६ औं मिनेटमा दुधेका निरज श्रेष्ठले गोल लगाउँदै खेल बराबरी बनाएका थिए। १-१ गोलको बराबरी भएपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो।खेलमा डाँगीबारीका गोलकिप्पर बिसे टुडु म्यान अफ द म्याच घोषित भए।

दुधे फुटबल क्लब

पर्सि सुक्रबार दिउँसो १ बजे देखि पहिलो सेमिफाइनल खेल आयोजक र सैनीक फुटबल क्लब बिच हुने आयोजक समितिका सचिव झपडबहादुर कार्कीले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।६ गते देखि सुरु भएको प्रतियोगिता १३ गते सम्पन्न हुनेछ।

खेल तालिका

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १९:२८:०५ , २ वर्ष अगाडि