द हन्टरलाई हराउँदै सैनीक फुटबल क्लबको शानदार जीत

झापा एक्सप्रेस , २१८४०  पटक हेरिएको

सैनिक फुटबल क्लब

शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा द हन्टर फुटबल क्लब गौरिगन्जलाई हराउँदै सैनिक फुटबल क्लबले शानदार जीत हासिल गरेको छ।

सडकबारीमा रहेको क्लबको खेल मैदानमा भएको खेलमा ४-० को गोलान्तरले द हन्टरलाई हराउँदै सैनीकले जित सुनिश्चित गरेको हो। खेलको २९ औं मिनेटमा सैनीकका योगेन्द्र तामाङले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।१ लगाएर हौसिएका तामाङले पुन: दोस्रो हाफको १२ औं मिनेटमा १ गोल थपे।पुन: १५ औं मिनेटमा सैनीककै सुजन लिम्बुले १ गोल थपे।गोलको वर्षा गरिरहेको सैनीकले तामाङकै मद्दतमा पुन: दोस्रो हाफको २५ औं मिनेटमा १ गोल थप्यो।खेल अवधीभर ४ गोल लगाएको सैनीक सँग द हन्टर गौरिगञ्ज शुन्यमै स्तब्ध भएको थियो।खेलमा सैनीकका योगेन्द्र तामाङ्ग म्यान अफ द म्याच घोषित भए।

द हन्टर फुटबल क्लब गौरिगंज

भोलि बुधबार दिउँसो १ बजे देखि दुधे फुटबल क्लब र डाँगीबारी फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजक समितिका कोषाध्यक्ष हेम कुमार राजबंशीले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।६ गते देखि सुरु भएको प्रतियोगिता १३ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-२५ , समय : १९:२२:२१ , २ वर्ष अगाडि