दोस्रो सन्थाल अध्यक्ष कप-मोरङलाई हराउँदै आयोजक फाइनलमा

झापा एक्सप्रेस , २०५८०  पटक हेरिएको

शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा जम्बुबो मोरङलाई हराउँदै आयोजकले फाइनलमा प्रवेस गरेको छ।

जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा सोमबार भएको समूह बि अन्तरगतको सेमीफाइन खेलमा मोरङलाई ३-१ को गोलान्तरले हराउँदै आयोजकले अन्तिम दुइमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै समूह बी अन्तरगत सेमीफाइनल खेल भोलि बुधबार हुने आयोजक समितिका अध्यक्ष राजन टुडुले बताए।

सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-२५ , समय : ०९:१६:५१ , २ वर्ष अगाडि