झापा एक्सप्रेस , २०४४३ पटक हेरिएको
शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा सुरुङ्गा फुटबल क्लबलाई पराजित गर्दै जलथल फुटबल क्लबले जित हात पारेको छ।
सडकबारीमा रहेको क्लबको खेल मैदानमा सोमबार भएको खेलमा २-१ को गोलान्तरले सुरुङ्गा फुटबल क्लबलाई हराउँदै जलथले जित सुनिश्चित गरेको हो।दुबै टिम बिच रोचक र घोचक प्रतिष्पर्धा भएको खेलमा खेलको २० औं मिनेटमा जलथलका विशाल दर्जीले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।१ गोल लगाउँदै हौसिएको जलथलले पुन: खेलको ३२ औं मिनेटमा राज वास्केको मद्दतमा १ गोल थपेको थियो।जलथलाई २ गोलमा रोक्न सफल भएको सुरुङ्गाले दोस्रो हाफको १० औं मिनेटमा संन्दिप रसाईलीको मद्दतमा १ गोल फर्काएको थियो।खेलमा जलथलका विशाल दर्जी म्यान अफ द म्याच घोषित भए।
भोलि मंगलबार दिउँसो १ बजे देखि अलइन वान फुटबल क्लब र द हन्टर फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजक समितिका कोषाध्यक्ष हेम कुमार राजबंशीले बताए।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।६ गते देखि सुरु भएको प्रतियोगिता १३ गते सम्पन्न हुनेछ।
प्रकाशित मिति: २०२२-१०-२४ , समय : २०:२५:२४ , २ वर्ष अगाडि