दोस्रो सन्थाल अध्यक्ष कप-मोरङ र हल्दिवारी सेमीफाइनलमा प्रवेश

झापा एक्सप्रेस , १३७४४  पटक हेरिएको

शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा मोरङ र हल्दिबारी सेमीफाइनलमा प्रबेश गरेका छन् ।

जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा आइतबार भएको समूह ए अन्तरगतको पहिलो क्वाटर फाइनल खेलमा सुरुङ्गामाथी जित निकाल्दै हल्दिबारी सेमीफाइनलमा प्रवेश गरेको हो।निर्धारित समयमा १/१ गोलको बराबरी भएपछी ट्राइब्रेकरमा धकेलिएको खेलमा हल्दिबारीले ३-२ गोलले सुरुङ्गालाई पाखा लगाएको छ।

त्यस्तै समूह बी अन्तरगत भएको दोस्रो क्वाटर फाइनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछी ट्राइब्रेकरमा जम्बुबो मोरङले ६-५ को गोलान्तरले धरमपुर मंगलबारे माथी जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको छ।

सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।१ गते देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-२४ , समय : ०९:१५:१८ , २ वर्ष अगाडि