झापा एक्सप्रेस , १४३५५ पटक हेरिएको

शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा क्वाटर फाइनलमा रेड स्टार सुगाबथानलाई हराउँदै आयोजक टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।
जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा शनिवार भएको क्वाटर फाइनल खेलमा आयोजकले ४-२ को गोलान्तरले रेड स्टार माथी जित निकालेको हो।
सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।१ गते देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।
प्रकाशित मिति: २०२२-१०-२३ , समय : ०८:२६:३९ , ३ वर्ष अगाडि