दोस्रो सन्थाल अध्यक्ष कप-हल्दिबारी र जम्बुबो मोरङ्ग विजयी

झापा एक्सप्रेस , १९६५१  पटक हेरिएको

शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा हल्दिबारी र जम्बुबो मोरङ्ग विजयी भएका छन् ।

जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा सुक्रबार भएको पहिलो खेलमा हल्दिबारीले बलियो मोरङ्लाई ट्राइब्रेकरमा ४-३ को गोलान्तरले हराँउदै जित सुनिश्चित गरेको हो।निर्धारित समयमा गोलरहित बराबरी भएपछी खेल ट्राइब्रेकरमा धकेलिएको थियो।त्यस्तै शनिश्चरे अर्जुनधारा र जम्बुबो मोरङ्ग बिच भएको दोस्रो खेलमा मोरङले आर्जुंनधारालाई १-० को गोलान्तरले हराउँदै जित सुनिश्चित गरेको आयोजक समितिका अध्यक्ष राजन टुडुले बताए।खेल सुरु भएको ४ मिनेटमै मोरङले एक गोल लगाउदै आफ्नो टिमलाई अग्रता दिलाएको थियो।

सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।१ गते देखि सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: २०२२-१०-२१ , समय : २०:२९:०७ , २ वर्ष अगाडि

error: Content is protected !!