सडकबारीमा ६ गते देखि फुटबलको महासंग्राम (खेल तालिका सहित)

झापा एक्सप्रेस , २६२३६  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका-२ सडकबारीमा ६ गते देखि खुल्ला नकाउट फुटबल प्रतियोगिताको महासंग्राम हुने भएको छ।झापाका चर्चित टिमले भाग लिने भएपछी महासंग्राम हुने पक्का भएको हो।

जोरमाई युवा क्लबको आयोजनामा सडकबारीको खेलमैदानमा हुने खेलमा झापाका ८ वटा फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।समूह “A” अन्तरगत आयोजक टिम सयपत्री फुटबल क्लब सँग भिड्ने छ भने अल इन वान फुटबल क्लब द हन्टर फुटबल क्लब सँग भिड्ने छ।त्यस्तै प्रतियोगितामा समूह “B” अन्तरगत जलथल फुटबल क्लब सँग सुरुङ्गा फुटबल क्लब प्रतिष्पर्धा गर्नेछ भने दुधे फुटबल क्लब सँग डाँगीबारी फुटबल क्लबले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष केवल लिम्बुले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।

६ गते हुने उद्घाटन खेलमा झापा गाउँपालिका प्रमुख जयनारायण साह खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ।उद्घाटन खेलमा आयोजक र सयपत्री फुटबल क्लब बिच १ बजे देखि प्रतिस्पर्धा हुने समय तालिका रहेको छ।त्यस्तै १३ गते खेल समापन हुनेछ ।

प्रकाशित मिति: २०२२-१०-२१ , समय : १९:५३:०९ , २ वर्ष अगाडि

error: Content is protected !!