झापा एक्सप्रेस , २११५९ पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर दुइमा रहेको कुवाडीदेवी माध्यमिक विधालयमा दिपावलीको पुर्वसन्ध्यामा छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थीहरुले राज्यबाट पाउने सुविधा समानढङ्गले वितरण गर्न र लुकेको प्रतिभा प्रस्फुटनका लागि छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।
राज्यबाट विद्यार्थीलाई प्रदान गरिने सुविधा(छात्रवृत्ति) जनप्रतिनिधिको रोहबरमा बाड्नु,विधार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटन गराउनु उक्त कार्यक्रमको उदेश्य रहेको प्राधानाध्यापक मुकेश कर्णले बताए।कार्यक्रममा कर्णले बर्तमान समस्याको बारे जानकारी दिदै विद्यालयको विकासका लागि जनप्रतिनिधिहरु,अभिभावकहरु र सरोकारवाला निकायहरुलाई आग्रह गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर खतिवडाको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरण गर्नुका साथै विद्यार्थीले गीत,नृत्य प्रस्तुत गर्नुका साथै विद्यालयले जनप्रतिनिधिको सम्मान समेत गरेको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया,वडा नम्बर २ का वडाध्यक्ष हिमाल चम्लागाईं,शिक्षक अभिभावक संघका संयोजक तारादेवी डाँगी लगायत अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो।
प्रकाशित मिति: २०२२-१०-२१ , समय : १७:४३:३४ , २ वर्ष अगाडि