चन्द्र बस्नेत , १६९८४ पटक हेरिएको

सुरुङ्गा ।झापाको कनकाई नगरपालिकाले डेङ्गु रोग नियन्त्रणगर्ने अभियानलाई तीव्रता दिएको छ । कनकाई नगरका नौ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि अभियानलाई तिब्रता दिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । वडा नम्बर ९ बाट शुरु गरिएको अभियान अहिलेसम्म नगरका ३ र ४ न वडा बायक सबै वडामा अभियान सन्चालन गरिसकेको र हाल ३ र ४ न वडामा अभियान जारी रहेको नगर स्वास्थ्य साखाका कर्मचारी नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
हालसम्म नेपालमा ४२ हजार बढीमा संक्रमण पुस्टि भएको र ४९ जना मानिसको डेङ्गु रोगले नै मृत्यु भएका कारण यो रोग नियन्त्रण गर्न आफै पनि सक्रिय हुनु पर्ने कनकाई नगर प्रमुख पोख्रेलले बताउनु भयो। धुवा छरेकै भरमा मात्र नरहेर आ–आफ्नो घर वरिपरि सरसफाई गर्नुका साथै खाल्डाखुल्डीमा जमेको पानीमा डेङ्गु रोगका लार्भा हुने भएकाले नुन र मोबिल प्रयोग गरी नष्ट गर्न सकिने नगर प्रमुख पोख्रेलको भनाई थियो।
यदि अभियानको मात्र भर परेर नहुने बताउँदै नगर प्रमुख पोख्रेलले आ–आफ्ना घरवरिपरि सवैले ४०/५० प्रतिशत सरसफाई गरेर डेङ्गु नियन्त्रण गरे ५०/६० प्रतिशत अभियानले नियन्त्रण गर्न मद्दत पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
पहिलो चरणमा यदि लार्भा नस्ट नभए दोस्रो अभियान पनि चलाउने तयारी भइरहेको नगर प्रमुख पोख्रेलका सोकिय सचीव बिजय पाठकले जानकारी दिनुभयो ।
कनकाई नगरमा केही ब्यक्तिलाई डेङ्गु रोग देखिएता पनि हालसम्म खासै नराम्रो अवस्था भने नदेखिएको उनको भनाई छ ।
अभियान अन्तर्गत हरेक सडक, टोल- टोल तथा घर – घरमा नै पुगेर अभियान सन्चालन गरेको र यदि कतै छुटेको भए वडामा तथा नगरमा खबर गर्न वडा न १ का अध्यक्ष शुसिलकुमार पोख्रेलले आम वडा तथा नगर बासीमा आग्रह गर्नुभयो ।
अभियानले किङफग नामक औषधी प्रयोग गरी डेङ्गु नियन्त्रणको प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२२-१०-१९ , समय : १४:२४:०६ , २ वर्ष अगाडि