१ गते देखि सन्थाल नकाउट फुटबल प्रतियोगिता

झापा एक्सप्रेस , ३७३६२  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर ७ मा आउँदो कार्तिक १ गते देखी सन्थाल नकाउट फुटबल प्रतियोगिता हुने भएको छ।सन्थाल समाज झापा-७ को आयोजनामा जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।

सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य जय मुर्मुले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।

१ गते हुने उद्घाटन खेलमा झापा गाउँपालिका प्रमुख जयनारायण साह खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ।उद्घाटन खेलमा सिदार्थ युवा क्लब र हात्तीमारा विच १२ बजे देखि प्रतिस्पर्धा हुनेछ।त्यस्तै २ बजे फ्रीडम सन्थाल युवा क्लब झोडा र रेड स्टार सुगा बथान बिच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०२२-१०-१६ , समय : १३:३६:०६ , २ वर्ष अगाडि