बाह्रदशीमा डेङ्गु सचेतना

झापा एक्सप्रेस , २९९३४  पटक हेरिएको

झापाको बाह्रदशी गाँउपालिका स्वास्थ्य शाखाले डेंगु रोग सम्बन्धि सचेतनामूलक अभिमुखिकरण गोष्ठी आज (बिहिवार) सम्पन्न गरेको छ । बाह्रदशी गाँउपालिकाको सभाहलमा भएको गोष्ठी कार्यक्रममा बाह्रदशी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, स्वस्थ्य शाखा प्रमुख ज्ञान बाहादुर पौड्याल, स्वस्थ्य शाखा प्रमुख राम शाह, योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा स्वस्थ्यकर्मी र गाँउपालिका कार्मचारी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समय डेंगुका बिरामीहरुको संख्या बढेसंँगै बाह्रदशी गाँउपालिले जनचेतना र डेंगु रोकथामका लागि पहिलो चरण स्वरुप सचेतनामूलक अभिमुखिकरण गोष्ठी गरेको हो ।
अब भोलि बाटै स्कूल-स्कूल वडा कार्यलयहरु र गाँउ-गाँउमा माएकिङ्क गरेर जनचेतना बडाउने स्वस्थ्य शाखा प्रमुख राम साहले जानकारी दिनुभएयो।

गोष्ठी कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख साहले डेंगु लागेका लक्ष्यण, फैलने कारणहरु, रोकथाम र उपचारका बिधिहरुका बारेका प्रजेक्टर मार्फत सहजिकरण गर्नुभएको थियो ।

बाह्रदशीका विभिन्न स्वस्थ्य केन्द्रहरुमा डेंगुका बिरामी देखा पर्न थालेका छन । डाँगिबारी स्वस्थ्य केन्द्रमा २ जना चकचकी स्वस्थ्य केन्द्रमा ४ जना र राजगढ स्वस्थ्य केन्द्रमा १ जना डेंगुका बिरामी देखा परेका परिसकेका छन ।

प्रकाशित मिति: २०२२-१०-१३ , समय : २०:४९:०३ , ३ वर्ष अगाडि

error: Content is protected !!