राप्रपाको निर्णय : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने

झापा एक्सप्रेस , १४६१६  पटक हेरिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अधिकारी उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाले बुधवार १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गरिने राप्रपाले जनाएको छ । बागी उम्मेदवारी फिर्ता गर्नका लागि प्रयास गर्न पार्टीका सम्बन्धित जिल्ला र निकायलाई राप्रपाले अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: २०२२-१०-११ , समय : १९:४३:३० , २ वर्ष अगाडि