घाँटीमा मासु अड्किएर एकको मृत्यु

झापा एक्सप्रेस , २३९३०  पटक हेरिएको

चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: २०२२-१०-०४ , समय : १४:३१:०७ , २ वर्ष अगाडि