झापा बजारमा सडक बत्ती

झापा एक्सप्रेस , २२२१८  पटक हेरिएको

शरणामती।झापाको पुरानो सदरमुकाम रहेको झापा बजारमा सडक बत्ती जडान गरिएको छ।झापा गाउँपालिका-२ मा पर्ने झापा बजारमा पोल पोलमा बत्ती राखेर बजार झलमल्ल बनाइएको हो।

झापा बजार व्यवस्थापन समिति र वडा नम्बर २ को विषेश पहलमा झापा गाउँपालिकाले छुट्याइएको एक लाख रुपैयाँबाट पोलमा बिजुलीबत्ती जडान गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवालले बताए।”हामीले पुर्वमा इलाका प्रहरी कार्यालय देखी पश्चिममा सानो माई खोला सम्म र उत्तरमा दुर्गा मन्दिर देखी दक्षिणमा एनएमसी झापा बजार शाखा सम्मको पोलमा बत्ती जडान गरेका छौं” अग्रवालले भने।

बन्दै गरेको फराकिलो हुलाकी राजमार्ग र बजार क्षेत्रमा सडकबत्तीले झल्लमल्ल भएपछि झापा बजार थप आक्रषक बनेको छ।झापाको पुरानो सदरमुकाम भनेर चिनिने यस बजारको पछिल्लो समय मुहार फेरिदै गएको छ।

सार्वजनिक सौचालय सुचारु

यस बजारमा बिगत लामो समय देखी बन्द रहिरहेको करिव १३ लाखको लगानीमा बनाइएको सार्वजनिक सौचालय पनी शनिवार देखी सुचारु गरिएको छ।

निर्माण सकिएको ३ वर्ष सम्म बेला-बेला मात्र सञ्चालनमा आएको सार्वजनिक सौचालय शनिवार देखी पुन: सुचारु गरिएको हो।सौचालय व्यवस्थापन गर्ने मानिसको अभाव देखाउँदै यस सौचालय निर्माण सकिएर पनी प्रयोग बिहिन बनेको थियो।बिचमा बेला-बेला केही समय सुचारु गरिपनि त्यो दिगो भने रहन सकेको थिएन।सौचालय व्यवस्थापन गर्ने मानिसलाई सौचालयबाट उठ्ने शुल्कले अपुग भएपछि केही समय खुल्दै पुन: बन्द हुदै आएको थियो।

सुचारु गरिएको सौचालय पुन: दिर्घकालीनरुपमा सुचारु होला त भन्ने प्रश्नमा नियमित सुचारु गर्नेमा बजार व्यवस्थापन समिति हरप्रयास लाग्ने अध्यक्ष बिकास अग्रवालले बताए।

प्रकाशित मिति: २०२२-१०-०२ , समय : ०८:१७:५१ , ३ वर्ष अगाडि

error: Content is protected !!