सिएम शर्मा , २०७९४ पटक हेरिएको
झापामा सेरबहादुर थापाको संयोजकत्वमा गठित स्वतन्त्र नागरिक कार्यसम्पादन समूहको तर्फवाट अागामि मंसिर ४ गते हुने निर्वाचनको लागी झापा क्षेत्र नं. ४ मा युक्तप्रसाद भेटवालको उम्मेदवारी घोषणा भएको छ ।
स्वतन्त्र समुहले शुक्रबार सुरुङ्गामा वडादशैको शुभकामना आदानप्रदानसहित उम्मेदवार घोषणा गरेको हो । स्वतन्त्र समुह प्रदेश १ का निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका भेटवाललाई अागामि मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि समूहको तर्फबाट उम्मेदवार वनाईएको समूहका संयोजक शेरबहादुर थापाले घोषणा गरेका हुन्।
नेकपा एमाले परित्याग गरी स्वतन्त्र जिवन बिताइरहेका भेटवाल २०५६ सालको चुनावमा नेपाली काङ्ग्रेसका चक्र प्रसाद बास्तोला सँग झिनो मतान्तरले पराजित बनेका नेता हुन् । उनले जितेको निर्वाचनमा धाँधली भएको भन्ने आरोप अहिले सम्म पनि चिया पसलमा चल्ने गरेको छ ।
उम्मेदवारी घोषणा पछि भेटवालले राजनितीदल भित्र रहेको भष्ट्र गतिविधिको अालोचना गर्दै दलहरुले सत्ता मोहका कारण जनभावना लत्याउने गरेको भन्दै यस्तो परिपाटीको विरोधमा स्वतन्त्र समूहमा लागेको अभिव्यक्ती दिएका छन् । भेटवालले विगत सम्झदै “पैसाखाएर भेटवालले भोट बेच्यो” भन्ने अारोपको खण्डन गर्दै केपि अोलि र गिरिजाप्रसाद कोईरालाको ग्राण्ड डिजाइन र तिनका मतियार हरुको षडयन्त्रमा उनको कन्चटमा पेस्तोल राखेर मतपेटिका कब्जागरी उनले जितेको चुनावमा समेत उनलाई हराएको खुलासा गरेका छन । एमालेका त्यसबेलाका लोकप्रिय पात्र भेटवाल एमालेमा अनेकन संघर्ष गर्दा पनी पार्टी नेतृत्व सँग खुसी नभएर अहिले स्वतन्त्र समूहमा सक्रिय छन् ।
उम्मेदवारी घोषणा पछि भेटवाललाई वरिष्ठ अधिवक्ता हरि प्रसाद उप्रेती , झापा क्षेत्र नं. २ बाट संघीय संसदका स्वतन्त्र उम्मेदवार स्वागत नेपाल , नागरिक अभियान्ता अनिरुद्र तिम्सिना लगायतले शुभकामना ब्यक्त गरेका छन्। कार्यक्रममा स्वतन्त्र कार्यसम्पादन समूहका सदस्यहरु , शुभेच्छुक शुभचिन्तक लगाएत सर्वसाधारणको उपस्थित रहेको थियो ।कार्यक्रममा उपस्थित सबैलाई समुहका सदस्य दावा शेर्पाले स्वागत गरेका थिए । समुहका संयोजक शेरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दिननाथ खतिवडाले गरेका थिए ।
प्रकाशित मिति: २०२२-१०-०१ , समय : १९:०८:३० , २ वर्ष अगाडि