झापा एक्सप्रेस , २७९९१ पटक हेरिएको
शरणामती।झापा शिबसताक्षी- १ धरमपुरका पुर्ण नेम्वाङले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका
नेम्वाङले धरमपुरमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।पुर्व शिक्षक तथा कृषि फार्म संचालक समेत रहेका नेम्वाङले राजनितिक दलको विकल्पको रुपमा आफुले उम्मेदवारी दिएको बताए ।
उनले भने अहिले नेपाली जनताहरु राजनिनिक दलबाट आजित बनेका छन । नेताहरु निर्वाचनको बेला झुटो आश्वसनको पोको बाड्ने अनि जितेर गए पछि फर्केर नआउने परिपाटीले गर्दा जनतामा दलका नेता प्रति बितृष्णा भएकोले पनि स्वतन्त्र व्याक्तीको उदय भएको हो । आफु जनता प्रति बफादार रहि निर्वाचनमा होमिन लागेको बताउदै निर्वाचनमा आफु विजयी भएमा आफ्नो क्षेत्रको स्वास्थ्य ,शिक्षा, रोजगार लगायत जनताको आधारभुरत आवश्यकता परिपुर्ति संगै बृद्धि विकासको लागी उल्लेखिय भुमिका निर्वाह गर्ने बताए ।जनताहरु अब सचेत हुन आवश्यक रहेकोले क्षमता वान र भिजन भएको उम्मेदवारलाई आगामी निर्वाचनमा मतदान गर्न समेत सबै मतदाताहरुलाई उनले आग्रह गरे ।
नेम्वाङले स्वतन्त्र राज्यको परिकल्पना गर्दै आफ्ना भिजन समेत अघी सारेका छन् ।उनले स्वतन्त्र राज्यमा कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुनु पर्नेमा जोड दिएका छन् ।नेम्वाङ माओवादी केन्द्रका पुर्व वडा सदस्य समेत रहेको बुझिएको छ ।
प्रकाशित मिति: २०२२-०९-२३ , समय : २१:०८:१७ , २ वर्ष अगाडि