झापा एक्सप्रेस , २८९१० पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकामा ५८ औं राष्ट्रिय बाल दिवसका दिन विविध कार्यक्रम गरिएको छ।बाल सञ्जाल तदर्थ समिति झापा गाउँपालिकाको आयोजना र बाल अधिकार समितिको संयोजकत्वमा विविध कार्यक्रम सम्पन्न भएको हो।
बाल दिवसको अवसर पारेर झापा गाउँपालिका भित्र रहेका सामुदायिक,संस्थागत र मदरसा विद्यालयहरुले भाग लिएको विविध कार्यक्रममा चक्लेट दौड,म्युजिकल चियर,हिसाब दौड,भाले जुदाई,बक्तृत्वकला र नृत्य प्रतियोगिता भएको थियो।
प्रतियोगिताको चक्लेट दौड छात्र तर्फ डिल्लीराज माविका बलराम सोरेन प्रथम भए।त्यस्तै छात्रा तर्फ पिस गार्डेन अंग्रेजी विधालयकी लक्ष्मी मुखिया प्रथम भइन।यता म्युजिकल चियर प्रतियोगितामा भृकुटी आधारभुत विद्यालयकी लिला तामाङ प्रथम भइन।त्यस्तै हिसाब दौडमा विलिवर्स अंग्रेजी विद्यालयका निरज पाठक प्रथम भए।भाले जुदाई प्रतियोगितामा डिल्लीराज माध्यमिक विद्यालयका सावेक अली प्रथम भए।बक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालयकी नेहाकुमारी गणेश प्रथम भइन।
बाल दिवसको अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा टाइनीटस अंग्रेजी विद्यालयले प्रथम स्थान हासिल गर्यो।यता नृत्य प्रतियोगितामा १५ विद्यालयलाई उछिन्दै डिल्लीराज माध्यमिक विद्यालय प्रथम भयो।
बाल सञ्जाल तदर्थ समितिका अध्यक्ष निरञ्जन मैनालीको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिजेता,उपबिजेताहरुलाई प्रमुख अतिथि साहले पुरस्कार वितरण गरेका थिए।
बाल सञ्जालका सदस्य रोसन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा बालबालिका शाखाकी प्रमुख सञ्जु फागोले स्वागत मन्त्यव्य राखेकी थिन।त्यस्तै शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकालले कार्यक्रमको औचित्य माथी प्रकास पारेका थिए।
प्रकाशित मिति: २०२२-०९-१५ , समय : ०८:२९:४५ , २ वर्ष अगाडि