झापा एक्सप्रेस , २०३८० पटक हेरिएको

सिएम शर्मा – कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्युएए प्रमाणपत्र प्राप्त गरे सँगै यस क्याम्पस संग सरोकार राख्ने सबै सरोकारवालाले खुसियाली मनाउँदै दिप प्रज्वलन गरेका छन् ।
क्याम्पसले उक्त प्रमाण पत्र प्राप्त गरे संँगै यहाँ अध्ययनरत बिद्यार्थीहरुले मंगलबार साझ हर्सोउल्लासका साथ क्याम्पस परिसरमा दिप प्रज्वलन गरेका हुन् । क्याम्पसमा रहेका सबै संगठनका बिद्यार्थीले संयुक्त अायोजना गरेको दिप प्रज्वलन कार्यक्रममा क्याम्पसका शिक्षक साथै कर्मचारी समेतको सहभागिता रहेको थियो ।
क्याम्पसका शैक्षिक योजना तथा ब्यबस्थापन बिभागका सहायक प्राध्यापक चन्द्र विनोद कोइरालाले मम बत्ती सल्काएर उद्घाटन गरिएको दिप प्रज्वलन कार्यक्रमको संयोजन अगुवा बिद्यार्थीहरु अशोक पाठक , रविन गुप्ता , अनुप भण्डारी लगायतले गरेका थिए ।
दिप प्रज्वलन पछि बोल्दै बिद्यार्थी अशोक पाठकले कनकाईले क्युएए प्राप्त गर्नु ठुलो उपलब्धि भएको साथै बिद्यार्थीको लागि पनि गौरवको कुरा भएको र यसले बिद्यार्थीलाई पनि फाईदा पुग्ने वताए । त्सतै अर्का बिद्यार्थी अनुप भण्डारीले बिद्यार्थी संघठनहरु अन्य विषयमा अाअाफ्ना नारा , उदेश्य लिएर हिनेता पनि यो खुसियालीमा एकजुट भएर दिप प्रज्वलन गरिएको र क्याम्पसमा क्युएए प्राप्त गर्नकालागि पनि बिद्यार्थी संगठनहरुको अहम भुमिका रहेको बताए ।
कनकाई बहुमुखी क्याम्पसले यस क्युएए प्राप्तका लागि लामो सङ्घर्ष गर्दै अाएको र भर्खरै मात्र अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसले उक्त सटिफिकेट प्राप्त गरेको कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद (प्रकाश ) चुडालले बताएका छन ।
क्याम्पसले क्युएए सटिफिकेट प्राप्त गरे संगै अब कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीको सटिफिकेट अन्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन मात्रै हुने नभई कनकाई बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक विकासका लागि विश्व अनुदान आयोगबाट सहयोग समेत पाउने छ ।
प्रकाशित मिति: २०२२-०९-१३ , समय : २१:१२:०२ , ३ वर्ष अगाडि