झापा एक्सप्रेस , २१३८५ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-६ शरणामतीमा रहेको श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अहिले सम्मको कुल सम्पती आठ करोड चार लाख चौसठ्ठी हजार तिन सय सड्चालिस रुपैयाँ रहेको छ।
संस्थाले सुक्रबार पन्ध्रौं साधारण सभा गर्दै असार ३२ सम्मको सो वासलात विवरण सार्वजनिक गरेको हो।जसमा शेयर पुँजी ९६,२५,२०० रुपैँया,जगेडा तथा अन्य कोष १,०२,४२,७८८ रुपैयाँ ,बचत हिसाब ५,९०,७२,४६६ रुपैयाँ र चालु दायित्वहरुमा १५,२३,८९२ रुपैयाँको वासलात विवरण सार्वजनिक गरेको छ।
संस्थाका अध्यक्ष हस्तबहादुर बोहोरा (कुमार) को अध्यक्षता र गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्षले संस्थाले तयार गरेको प्रतिवेदन बाचन गरेर सुनाएका थिए।बोहोराले प्रतिबेदन मार्फत संस्थाले गरेका कार्यहरु,कर्जा अवधी थप,जन्मदा सहकारी,पर्दा सहकारी र मर्दा सहकारी,तालीम तथा गोष्ठी,शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ताकोष वितरण,सदस्य कर्जा विमा,शेयर सदस्य तथा कर्मचारी सम्मान,उत्कृष्ट बाल बचत अभिभावक,उत्कृष्ट ऋणी सदस्य,उत्कृष्ट बचतकर्ता लगायतका उपलब्धी मुलक कार्य गरेको बताए।
सचिव भविन्द्र भण्डारीले सञ्चालन गरेको साधारण सभामा उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत मन्तव्य राखेका थिए।भानुभक्त कृषि सहकारीका उपाध्यक्ष जगन्नाथ पौडेल,समाजसेवीहरु रुद्र बजगाईं,पुस्पा प्रसाई,राष्ट्रिय सहकारी बैंकका गगन खनाल,नेप्सुन बिर्तामोड शाखा प्रमुख बिनोद न्यौपाने,जिल्ला सहकारी संघ प्रमुख केशब बस्नेत,जिल्ला बचत संघका उप्रेन्द्रप्रसाद ओली,वडा नम्बर ७ का अध्यक्ष सखिचन्द्र ठाकुर लगायतले संस्थालाई शुभकामना तथा सुझाव दिएका थिए।
संस्थाको कार्य क्षेत्र झापा गाउँपालिका भरी कायम रहेको छ।संस्थामा अहिले सम्म कूल सदस्य संख्या १६६८ रहेको छ।जसमा महिला ७२४ जना रहेका छन् भने पुरुष ९०० जना रहेको छ।त्यस्तै संस्थागत तर्फ ४४ जना सदस्य रहेका छन् ।संस्थामा कुल कर्मचारी संख्या ८ जना छ।
प्रकाशित मिति: २०२२-०९-१० , समय : ०९:०३:५३ , २ वर्ष अगाडि