माओवादी केन्द्रले गर्‍यो झापाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

झापा एक्सप्रेस , ३५७३१  पटक हेरिएको

झापा-नेकपा (माओवादी केन्द्र) ले झापाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिसकेको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए।

माओवादीले झापा क्षेत्र नम्बर १ बाट सुरेन्द्रकुमार कार्की (पार्थ), झापा २ बाट धर्मशीला चापागाईँ, सिपी कडरिया र राजु आचार्य (अग्नि), झापा ३ बाट पूर्णसिंह राजवंशी र मोहन टुडू, झापा ४ बाट झलकसिंह दर्लामी मगर र झापा ५ बाट रञ्जित तामाङको नाम सिफारिस गरेको छ।

त्यस्तै झापा क्षेत्र १ (क) प्रदेशसभा सदस्यतर्फ राजु दाहाल, माधव अर्याल, अनिता ढकाल, (ख) प्रदेशसभा सदस्यतर्फ श्यामवीर लिम्बू, राजन चिमरिया, नरेन्द्र मेचेको नाम सिफारिस गरेको छ।

झापा २ (क) बाट ज्योतिसिंह दर्लामी, कुवेर श्रेष्ठ, (ख) बाट प्रेम नेम्बाङ, दीपेश योन्जन, झापा ३ (क) बाट डिल्ली घिमिरे (हिक्मत), (ख) बाट पूर्णसिंह राजवंशी, मोहन टुडू, मरगुब आलम, झापा ४ (क) बाट झलकसिंह दर्लामी, (ख) बाट रुद्र बजगाईँ, झापा ५ (क) बाट रञ्जित तामाङ, (ख) बाट वीरेन्द्र बस्नेत, कर्म पुलामी र गगन पुरीको नाम सिफारिस गरिएको पार्टी संयोजक अग्निले जानकारी दिए।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : २०:४१:१३ , २ वर्ष अगाडि