झापा-५ को बाल सञ्जाल अध्यक्षमा रहयान अली

झापा एक्सप्रेस , २९३५३  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर ५ को वडास्तरीय बाल सञ्जाल समितिको अध्यक्षमा रहयान अली सर्वसम्मत चयन भएका छन् ।

वडाले आज आइतबार वडा नम्बर ५ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ११ सदस्यीय समिति गठन गरेको छ।वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद राजबंशीको अध्यक्षतामा भएको भेलाले वडा नम्बर ५ को बाल सञ्जालको अध्यक्षमा अलीलाई सर्वसम्मत चयन गरेको हो।त्यस्तै उपाध्यक्षमा दृश्या मरठ्ठा ,सचिवमा बिक्रम मण्डल,सह-सचिवमा कायस महमद,कोषाध्यक्षमा अजमेरा खातुन र सदस्यहरुमा क्रमस :अक्लेम खातुन,जोरिना खातुन ,मुफसर अली ,अन्जली पोद्दार,रितिका हरिजन र जेम्स मुर्मुलाई सर्वसम्मत चयन गरेको छ।वडास्तरीय समितिको संरक्षकमा वडाध्यक्ष राजबंशी र सल्लाहकारहरुमा बिजयप्रसाद राजबंशी,मोहमद सादिक सेक,लक्ष्मी कुमारी गणेश र देवकी राजबंशी मण्डल रहेका छन् ।

झापा गाउँपालिका स्तरीय बाल सञ्जालको तदर्थ समितिले वडास्तरीय बाल सञ्जाल गठन प्रक्रिया वडा कार्यालयले ढिलाई नगरे चाडैं सक्ने लक्ष्य लिएको तदर्थ समितिका अध्यक्ष निरञ्जन मैनालीले झापा एक्सप्रेसलाई बताए।´वडा ५,६ र ७ मा गठन गर्यौं उनले भने `वडा कार्यालयले छिटै सहजीकरण गरिदिए बाल दिवसको दिन बृहत कार्यक्रम गर्नलाई सहज हुनेथियो।सबै वडामा वडास्तरीय बाल सञ्जाल गठन गरिसकेपछि सोही पुर्ण साधारण सभाले एक पालिकास्तरीय मुल समिति निर्माण गर्ने मैनालीले जानकारी दिए।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १७:०४:५९ , २ वर्ष अगाडि

error: Content is protected !!