झापा क्षेत्र नम्बर ४ बाट देउकुमार थेवे

झापा एक्सप्रेस , ४६९७१  पटक हेरिएको

शरणामती।नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको छ ।

सुक्रबार बसेको नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले झापा एक्सप्रेसलाई बताउनु भयो।

त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको साहले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२२-०९-०२ , समय : १७:३६:२७ , २ वर्ष अगाडि