राम्रो आम्दानी हुने भए पछि झापामा धान खेतमा केरा खेती विस्तार हुँदै

झापा एक्सप्रेस , २००२२  पटक हेरिएको

शरणामती-झापामा पछिल्लो समय किसानले अन्य बाली भन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन् । धान भन्दा झण्डै तेब्बर आम्दानी हुने भए पछि किसानले धान खेतमा धमाधम केरा खेतीलाई जोड दिन थालेका छन् ।

दुई बर्ष यता झापामा व्यवसायिकरुपमा केरा खेती गर्ने किसानहरु बढ्दै गएका छन् । धान, मकै र अन्य बालीले भन्दा केराबाट राम्रो आम्दानी हुने भए पछि केरा खेतीमा जोड दिएको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा सामुहिकरुमा केरा खेती गर्दै आएका किसानले बताएका छन् । यस्तै सरकारले समेत कृषि ज्ञान केन्द्र मार्फत बर्षेनी अनुदान दिन थाले पछि केरा खेती विस्तार हुने क्रम अझ बढेर गएको छ । आम्दानी राम्रो हुन थाले पछि किसानले धान खेत मासेर केरा खेती गर्न थालेको अनुदानमा केरा व्लक कार्यक्रम संचालन गर्दै आउनु भएका झापा गाऊँपालिका क्षेत्रका अगुवा किसान चन्द्रप्रसाद बस्नेतले बताउनु भयो ।

तर यस बर्ष भने केराको उत्पादनमा केही गिरावट आएको छ । गएको चैत वैशाख महिनामा आएको हावाहुरीले केरामा क्षति गरेकाले उत्पादनमा गिरावट आएको हो । तथापि ५ सय विगाह क्षेत्रमा व्यवसायिक रुपमा केरा खेती गर्दै आएको दुर्गा माता कोला खेतीले एक करोड मुल्यसम्मको केरा विक्री गर्न सक्ने खेतीका अध्यक्ष लक्ष्मी चिमरियाले बताउनु भयो । चिमरियाका अनुसार अनुदानका कारण आफूहरुले खेती विस्तार गर्दै लगेको हो । हाल खेतीले ५ सय विगाह भन्दा धेरै क्षेत्रमा खेती गर्न थालिएको छ । तर पछिल्लो समय हावाहुरी र असिना पानीले ठूलो क्षति गर्दा समेत उचित क्षतिपुर्ति नपाउँदा समस्या भएको उहाँले बताउनु भयो ।

२ बर्ष कोरोना कहरले केराको बजारमा समस्या भए पनि पछिल्लो समय धमाधम विक्री हुन थालेको छ । जिल्लामा केरा खेतीमा आकार्षण बढ्दै गए पछि पछिल्लो समय झण्डै २ हजार हेक्टर क्षेत्रफलमा खेती हँुँदै आएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार पछिल्लो समय धान, मकैले भन्दा राम्रो आम्दानी र सहज तरिकाले खेती र आम्दानी लिन सकिने भए पछि केन्द्र मार्फत समेत अनुदान दिन थाले पछि किसानहरु जिल्लामा खेती विस्तारमा लागेका छन् ।

दुर्गा माता काेरा खेतीका अध्यक्ष लम्मी चिमरिया सहित किसानहरू सामुहिक खेतीमा जिल्लामा बाह्रदशी, झापा, गौरीगंज लगायतका क्षेत्रका वृहत क्षेत्रका व्यवसायिकरुपमा केरा खेतीमा किसानहरु लागेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: २०२२-०८-२९ , समय : २०:०६:३४ , २ वर्ष अगाडि