शिवरात्री कप फुटबल प्रतियोगिताको रेड डेभिल्स नयाँबजारद्धारा उपाधी कब्जा

रोशन काफ्ले , ८९७३  पटक हेरिएको

नयाँबजार । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई ६ प्याङ्गमा गत फागुन १७ बाट जारी शिवरात्री कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । प्याङ्ग खेलकुद बिकास समितिको आयोजनामा प्याङ्ग माबिको खेलमैदानमा जारि खेलमा माईजोगमाई लगायत विभिन्न २० टिम प्रतियोगितामा सामेल भएका थिए ।

फाइनल खेलको समापन कार्यक्रमको सभापती प्याङ्ग खेलकुद बिकास समितिका अध्यक्ष विशाल राईे गरेका थिए भने
प्रमुख अतिथी माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राई, बिशेश अतिथिहरु नेपाली काङ्ग्रेस जिल्ला सदस्य हुकुमलाल थेबे नेपाली काङ्ग्रेस माईजोगमाई गाउपालिका सभापति राजेश देवान समाजसेवी तथा युवा नेत्री कुसुम दहाल, इलाका प्रहरी चैकी नयाँबजारका इन्चार्ज भुपेन्द्र थापा विभिन्न समाजसेवी राजनैतिक दलका जनप्रतिनिधीहरु लगायतको उपस्तिथि रहेको थियो ।

दर्शकको बाक्लो उपस्थित रहेको फाइनल खेल रेड डेभिल्स नयाबजार र बि एफ सि बांगिन बिच खेल भएको हो । निर्धारित समय भन्दा केही ढिलो सुरु भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्ने धेरै अवसर बनाएपनि बि एफसिले १ गोल गर्यो । दोस्रो हाफ निकै आक्रामक बनेको रेड डेभिल्सले गोल गर्दै खेल बराबरिमा ल्याएको थियो । खेलमा दुबै टोलिले गोल गर्ने अवसर धेरै बनाए पनि दुबै टिमका गोलरक्षक बाधक बने ।

दुबै टिमले बराबरी गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ३ को विरुद्ध ४ गोलको जित निकाल्दै रेड डेभिल्स नयाँबजारले उपाधी कब्जा गर्यो । रेड डेभिल्सले नगद एकलाख ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने बि एफ सि बांगिनले उपविजेतामा चित्त बुझाउदै नगद पचासहजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेल अवधिभर उत्कृष्ट खेलाडी जोसेप राई उत्कृष्ट गोलरक्षक विवेक मगर उत्कृष्ट डिफेन्स सौरभ कार्की उत्कृष्ट प्लेयर शेखर राई खेल भरी सबै भन्दा धेरै १९ गोल गर्ने खेलाडी शेखर राई र उत्कृष्ट कोच रेड डेभिल्सका लाक्पा छिरिङ्ग शेर्पा घोषित भए । खेलाडिहरुलाई प्रमुख अतिथी बिशेष अतिथिहरुले ट्रफी मेडल प्रमाणपत्र बितरण गरेका थिए ।

खेलमा माईजोगमाई गाउपालिकाले प्रथम पुरस्कार एकलाख तथा दोस्रो पुरस्कार खनाल कन्ट्रक्सनले पचास हजार प्रदान गरेको हो भने माईजोगमाई गाउपालिका खेलकुद परिषदले खेल संयोजन गरेको हो ।

प्रकाशित मिति: २०२२-०३-०६ , समय : २१:४५:२२ , ३ वर्ष अगाडि

error: Content is protected !!