झापा गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या

झापा एक्सप्रेस , २३५५४  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति अन्दाजी ९.३० बजे ३५ वर्षीय श्रीमती तालामोहीको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

नाइके दम्पती दिनँहु जसो झगडा गर्ने गरेको स्थानीयले बताएका छन् ।सधैं नै पारिवारिक खटपट हुन्थ्यो।मादकपदार्थ सेवन गरेर आउने अनी झगडा गर्ने गर्थे।नाइके सुगुर काट्ने काम गर्थे ।त्यही सुगुर मार्ने छुराले सुक्रबार राती श्रीमतीलाई प्रहार गरेछन् प्रत्यक्षदर्शी नाइकेकी बुहारीलाई उद्दृत गर्दै स्थानीय एकराज बजगाईंले बताए।

बुहारीका अनुसार घटना भएको रात पनि नाईके मादकपदार्थ सेवन गरेर आएका थिए।सासु सँग झगडा भयो।नाइकेले त्यसबेला दुइ चोटी बिजुलीको मेनस्विच बन्द गरे।पछिल्लो पटक बन्द गरेकै बेला छुराले श्रीमतीको कोखामा प्रहार गरे।छुरा प्रहार भएपछि श्रीमती छटपटिदै बाटामा आए लडिन।उनको घटनास्थलमै मृत्यु भयो।छुरा प्रहार गरेर मृत्यु भएकी श्रीमतीलाई प्रहार गरेको छुरा निकालेर नाइके छुरा लिएर फरार भए।

प्रकाशित मिति: २०२२-०८-२७ , समय : १९:२०:४२ , २ वर्ष अगाडि