कनकाईमा बाँसको अस्थायी बाँधले सिंगो वस्ती जोगियो

लिलाराज झापाली , १५७२३  पटक हेरिएको

कनकाई-बाँसको अस्थायी बाँधका कारण झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलको एउटा सिंगो बस्ती कटान हुनबाट बचेको छ ।

कनकाई माईको एउटा भङ्गालो गत साउन दोस्रो सातादेखि सिधै बस्ती ताकेर आएपछि गाउँ बगाउन भयले यस क्षेत्रका ७० घरपरिवार रातभर निधाउन नसकेको स्थानीय अमृत ढकालले बताउँनुभयो ।

खोलाले धार परिवर्तन गरेर बटान सुरु गर्नसाथ कनकाई नगरपालिकाले आफ्नो खर्चमा खोलाको पुर्वी तटमा एकसाताभित्रै अस्थायी बाँध बाध्न सुरु गरेको कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदीले बताउँनुभयो । नगरपालिकाको जम्मा १२ लाख रुपैँयाजति खर्च भयो होला तर यसले करौर्डाैको जमिन र ७० घरपरिवार जोगिएको छ सुवेदीले भन्नुभयो । ३ सय मिटरको सो बाँसको अस्थायी हाल निर्माणको अन्तिम चरणमा पुगेको छ । यो बाँध समस्याको स्थायी समाधान नभएको भन्दै यसै बर्ष खोलामा स्थायी तटबन्धनका लागि नगरपालिकाले ४० लाख रुपैँया बजेट छुट्टाएको समेत सुवेदीले जानकारी दिनुभयो ।

सोही खोलाका लागि प्रदेश सरकारबाट १५ लाख र संघिय सरकारबाट समेत ५० लाख रुपैँया जनताको तटबन्ध कार्यक्रमबाट रकम छुट्टिईसकेको सुवेदीले बताउँनुभयो । यस क्षेत्रमा खोलाकै आसपासको ऐलानी जग्गामा सुुकुम्वासी वस्ती वसेका कारण पनि खोलामा वाढी आएको वेला वस्ती जतिपनि वेला जोखिममा रहेको छ । नगरपालिका क्षेत्रले यसअघि उक्त क्षेत्रलाई सिमाङकन गरेर रेड जोन क्षेत्र घोषणा गरिदिए पनि सस्तो दरमा जग्गा खरिद विक्री गरि वस्ती बस्ने क्रम नरोकिएको स्थानीयको भनाई छ । अघिल्लो बर्ष मात्रै प्रतिकठ्ठा ५० हजारका दरले जमिन किनवेच गरि एक्कै रात १० वटा घर निर्माण गरिएको पाइएको वडाअध्यक्ष सुवेदीले बताउँनुभयो ।

हाल नगरपालिकाले उक्त क्षेत्रमा बसोवाँस नर्गन सुचना जारी गरि बोर्डनै राखिसकेको सुवेदीको भनाई छ । साथमा नागरिकता समेत नभएका र अन्यत्र जमिन समेत नभएकाहरुको वाक्लो वसोवास रहेकोले नगरपालिकालाई नै टाउको दुखाई भएको सुवेदीको भनाई छ । मानवताको लागि पनि हामीले वस्ती खाली गर्न सकिरहेको छैनउ सुवेदीले भन्नुभयो । उक्त क्षेत्र जतिपनि वेला खोलाको भङ्गालो पस्ने हुदा जतिसक्दो .स्थायी खोलाको तटबन्धन वा वस्ती खाली गर्नुपर्ने स्थानीय युवा शंकर भट्टराई बताउँनुहुन्छ ।

यहि बर्खायामले कटानले फुटबल चौरको आधा भाग र केही स्थानीयको जमिन गरि ७ बिगाह जमिन भने कटान गरिदिएको छ । यस क्षेत्रमा चाडै स्थायी तटबन्धन गरिएन भने कम्तीमा ३०० घरपरिवार र सयौ बिगाह खेतीयोग्य जमिन चाडै अतिजोखिममा परेका छन । बाँसको अस्थायी बाँधले समेत केहि बर्ष भने कटानबाट वच्ने लामो समयदेखि बाँसको अस्थायी बाँध बनाउने काम गर्दै आउनुभएका अन्सुर आलम भन्नुहुन्छ तर यो स्थायी समाधान भने होइन ।

प्रकाशित मिति: २०२२-०८-२० , समय : १९:१८:३८ , २ वर्ष अगाडि