पाँचथरमा चार बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ

न्युज कारखाना , १७४७१  पटक हेरिएको

फिदिम-चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन ।

फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : २०:२७:२२ , २ वर्ष अगाडि