झापा ४ का सम्भावित प्रतिस्पर्धी

लिलाराज झापाली , ४७८६६  पटक हेरिएको

सुरुङ्गा।आगामी मंसिर –४ गते हुन लागेको संघिय तथा प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर –४ मा पुर ानै अनुहारको तीव्र प्रतिस्पर्धा हुने भएको छ ।केही महिना अगाडि समेत पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले झापा–४ मा प्रतिस्पर्धा गर्ने हल्ला चले पनि ओलीले आफ्नै पुर ानो किल्ला झापा–५ नछाडने बताएपछि झापा– ४ मा एलपी साँबा लिम्बु र देउमान थेबेको प्रतिस्पर्धा हुने देखिएको छ ।

यसपटकको निर्वाचनमा पुर ाना बामपन्थी नेता युक्त भेटवालले समेत झापा–४ बाट उम्मेद्धार ी दिने तयार ी बुझिएको छ । भेटवालले स्वतन्त्र पार्टीबाट निर्वाचन लडने सम्भावना रहेको उहाँका निकतस्थहरुको भनाई छ । भेटवाल हाल आफ्ना पुर ाना नेता कार्यकर्ताको भेटघाटमा व्यस्त रहेका छन । भेटवाल गत २०५४ सालको आम निर्वाचनमा तत्कालिन नेपाली कांग्रेसका उम्मेद्धार चक्रप्रसाद वास्तोलासंग झिनो मतअन्तर २६ मतले पर ाजित हुनुभएको थियो ।

यस मत गणनामा धाधली भएको भन्दै मुद्धासमेत पर ेको थियो तर यसको छिनो फानो नभई विजेता वास्तोलाको समेत निधन भईसकेको छ ।

कनकाई नगर पालिकाबाट स्वतन्त्र उम्मेद्धार ी दिएर सम्मानजनक मत ल्याउनुभएका शेरबहादुर थापासहितको स्वतन्त्र नागरिक पार्टीले हाल झापामा उम्मेद्धार ी खडा गर्दैछ । रवि लामिछाने नेतृत्वको पार्टीसग तालमेल गर ेर जाने यस पार्टीले निर्णय समेत गरिसकेको जनाएको छ ।

स्वतन्त्रबाट भेटवालले उम्मेद्धार ी दिने भएपछि झापा ४ मा कम्तिमा त्रिपक्षिय भीडन्त हुने भएको छ ।गठबन्धनबाट नेपाली कांग्रेसका देउमान थेबे र एमाले बाट हालका सांसद एलपी साँबा लिम्बुले यस क्षेत्रमा उम्मेद्धार ी रहने पक्कापक्की जस्तै बनेको छ । तीनै जना उम्मेद्धार ा आ–आफ्नो तयार ीमा जुटेको पाइएको छ ।

यस क्षेत्रका अन्य दलहरु माओवादी, समाजवादी, र ाप्रपा लगायातका दलहरु भने पार्टीले तालमेल गर्ने भन्दै ढुक्कले बसेको पाइएको छ । यद्धपि झापा–४ को प्रदेश ख बाट माओवादी केन्द्रबाट हालका कृषि मन्त्री झलकसिंह दर्लामी मगरको उम्मेद्धार ी रहने पक्का छ । प्रदेशमासमेत झापा–४ को प्रदेश क बाट कांग्रेससहितको गठबन्धनबाट दर्लामी र एमालेबाट र ाधाकृष्ण खनालको सिफारिस भएको बताइएको छ ।

प्रदेश ख मा एमालेबाट गोकर्ण ओझा र गजेन्द्र ताम्लीको नाम चर्चामा रहेको छ भने
गठबन्धनबाट नेपाली कांग्रेसका एकर ाज उप्रेती तथा स्वतन्त्रबाट लक्ष्मी गुरुङ्ग र हेमर ाज बिमलीको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति: २०२२-०८-१३ , समय : २०:०२:१९ , २ वर्ष अगाडि