झापा एक्सप्रेस , ३०८०८ पटक हेरिएको

शरणामती।गत साउन ४ गते एम्बुलेन्सको ठक्करबाट घाइते बनेर साउन १५ गते मृत्यु भएका झापा गाउँपालिका-६ शरणामतीका राजेश कार्कीको मृत्युमा अस्पतालको लापरवाही प्रमुख कारण बनेको परिवारले आरोप लगाएको छ।
उपचारमा ठुलो रकम खर्च हुने देखेपछि अस्पतालका डाक्टर र एम्बुलेन्स सञ्चालकको मिलेमतोमा आफ्नो छोराको ज्यान लिएको मृतक राजेशका बुबा बिरबहादुर कार्कीले आरोप लगाए।
गत साउन ४ गते बुुधवारका दिन कनकाई -३ कनकाई टोलमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १—०१—०१५ प —२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको थियो ।
एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार कार्की दम्पत्ती सामान्य घाइते बनेका थिए ।घाईते मध्ये श्रीमतीचाहि भोलीपल्टै डिस्चार्ज भएको तर उपचारका क्रममा रहेका राजेश कार्कीको दुर्घटना भएको १२ दिनपछि मृत्यु भएको थियो।
´हामीले उपचार गर्न बिएण्डसी अस्पताल लानुपर्छ भन्यौ तर बिर्तासिटी अस्पताल बिर्तामोडमा जबजस्ती भैहाल्छ भन्दै एम्बुलेन्स चालकले भर्ना गरे बिरबहादुर कार्कीले भने।मेरो छोरोलाई केही भएको थिएन हातमा सानो चोट थियो हिड्दै थियो।बरु बुहारीलाई भने टाउको बजारिएर अलिकती सारो थियो छोरो राजेश बुहारीलाई हेर्दै बसिरहेको थियो।मेरो केही नभएको छोरोलाई डाक्टर र एम्बुलेन्स संचालक भएर मारे बिरबहादुरले रुदै भने।
अस्पताल गएको पाँच दिन पछि छातीमा चेक गर्दा अलिकती पानी जमेको भन्दै छातीको साइटमा अप्रेसन गरेर दुलो बनाएर पाइप घुसारे त्यसपछि त्यहाँ देखी पनि नभएर घाटीको साइटमा दुलो बनाएर पाइप लगाए।त्यती गर्दा नी छोरो ठिक हुन्छ भन्ने आस थियो बोली रहेको थियो।यती गरेपछि एघारौं दिनका दिन आइसिउ बेडमा हाल्नु पर्छ सारो हुन सक्छ भनेर अस्पतालले पन्साउन खोज्यो।नोबेल अस्पताल बिराटनगरको रेफर दियो।रेफर दिँदा पनी ठक्कर दिएको एम्बुलेन्स संचालकले म आफैं अर्को अस्पताल लान एम्बुलेन्स व्यवस्था गर्दिन्छु भन्यो र सुरुङ्गाको एक एम्बुलेन्स पठायो तिन घण्टा उन्नाइस मिनेटमा नोबेल पुर्यायो नोबेल लाने बित्तिकै आधा घण्टामा सामान्य भनिएका राजेशको मृत्यु भयो कार्कीले भने।
सबै तिरबाट जालसाजी गरेर राजेशको मृत्यु गराइयो गहभरी आसु पार्दै बिरबहादुरले भने।
यता बिर्तासिटी अस्पतालमा मृत्युको कारण जान्न पुगेका आफन्त तथा गाउँलेलाई अस्पताल प्रशासनका डा.अनिल बस्नेतले रिपोर्ट सबै राम्रो भएको बिरामीको मृत्यु भयो भन्ने सुन्दा आफुहरु पनी अचम्ममा परेको बताएका छन् ।बिरामीलाई रेखदेख गरेका डाक्टर सम्भुले पनी बिर्तासिटिमा हुँदा सबै रिपोर्ट राम्रो हुदै गएको बताए।उनले आफुहरुले बिरामीको सबै शरिर चेक गरेको बताए।हामीले हाम्रो कर्तव्य सबै गरेका थियौं।बिरामी क्रमिक सुधारकै क्रममा थिए उनले भने।
प्रकाशित मिति: २०२२-०८-०७ , समय : ०९:४७:५० , ३ वर्ष अगाडि